काठमाण्डौ //
प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफु विश्वस्त रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । आज (सोमवार) बसेको प्रतिनिधि सभाकोको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले विश्वासको मत प्राप्त गर्ने कुरामा आफु विश्वस्त मात्रै नभई सिङ्गै हाउस विश्वासको मतमा उभिने विश्वास ब्यक्त गर्नुभएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको उहाँले बताउनुभएको थियो। प्रधानमन्त्री प्रचण्डले भोलि (मङ्गलवार) प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनुहुनेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




