spot_img
spot_img
spot_img

प्याब्सन देवदहको नियमित बैठक सम्पन्न: प्याब्सन खेल महोत्सव २०७९ गर्ने

spot_img

देवदह । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन)देवदहको नियमित बैठक सम्पन्न भएको छ। बैठकले प्याब्सन खेल महोत्सव २०७९ भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकले यही पुस २८ गते देखि माघ २ गतेसम्म खेलाडी छनौट र अभ्यास गराउने, माघ १ गते पत्रकार सम्मेलन र खेल प्रशिक्षकहरुलाई अभिमुखीकरण गराउने र माघ ३ गतेदेखि ६ गतेसम्म भव्य रुपमा खेल महोत्सव सम्पन्न गर्ने निर्णय गरेको छ। खेल महोत्सवलाई सफल बनाउनको लागि विभिन्न उपसमितिहरु निर्माण गरेको छ। प्रमुख सल्लाहकार बोधराज गौडेलको संयोजकत्वमा खेल सञ्चालन उपसमिति निर्माण गरेको छ जसको सदस्यहरुमा वरिष्ठ सल्लाहकार एकनारायण काफ्ले र सचिव कृष्णप्रसाद गैरे रहेका छन्।

त्यसैगरी विवाद समाधान समितिमा अध्यक्ष रामबहादुर गुरुङको संयोजकत्वमा बोधराज गौडेल, एकनारायण काफ्ले, महेश पराजुली र कृष्णप्रसाद गैरे सदस्य रहेको समिति निर्माण गरेको छ। त्यसैगरी सदस्य विष्णुप्रसाद अर्यालको संयोजकत्वमा र्याली व्यवस्थापन उपसमिति निर्माण गरेको छ जसको सदस्यहरुमा टिकाराम चापागाई र गुरुप्रसाद पौडेल रहेका छन्। अतिथि सत्कार उपसमितिमा एकनारायण काफ्लेको संयोजकत्वमा बोधराज गौडेल र महेश पराजुली सदस्य रहेका छन् भने पुरस्कार तथा सम्मान उपसमितिमा टिकाराम चापागाईको संयोजकत्वमा महेश पराजुली र विष्णुप्रसाद अर्याल सदस्य रहेका छन्। कृष्णप्रसाद गैरेको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ भने जसको सदस्यहरुमा टिकाराम चापागाई र प्रेमनारायण केवट छन्। मञ्च व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद गैरे, बोधराज गौडेल र रामबहादुर गुरुङ, साँस्कृतिक कार्यक्रमको लागि टिकाराम चापागाई, विष्णुप्रसाद अर्याल र गुरुप्रसाद पौडेल रहेका छन्। खाना तथा जलपान उपसमितिमा कृष्णप्रसाद गैरे, टिकाराम चापागाई र विष्णुप्रसाद अर्याल, सरसफाई उपसमितिमा महेश पराजुली, टिकाराम चापागाई र गुरुप्रसाद पौडेल रहेका छन्। स्वयम्सेवक परिचालन उपसमितिमा एकनारायण काफ्ले , राम बहादुर गुरुङ र कृष्णप्रसाद गैरे रहेका छन्।

साथै बैठकले खेल सञ्चालन अवधिभर यही पुस २८ गतेदेखि माघ ७ गते सम्म पठनपाठन बन्द गर्ने र माघ ८ गतेदेखि पठनपाठन सुचारु गर्ने समेत निर्णय गरेको छ। त्यसैगरी केन्द्रिय प्याब्सन र जिल्ला प्याब्सन द्वारा लिइने कक्षा १० र ८ को अभ्यास परीक्षा आगामी माघ १५ गतेबाट केन्द्र निर्धारण गरी लिने निर्णय गरेको छ। जसको केन्द्र क ग्रीन प्लान्ट आवासीय मा.वि. र केन्द्र ख सेवेन स्टार ईं.बो.स्कूलमा गर्ने निर्णय गरेको छ। बैठक राम बहादुर गुरुङको अध्यक्षता र सचिव कृष्णप्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img