कञ्चन//
रुपन्देहीको कञ्चन गाउँपालिकामा जारी जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगिताको चौथो दिन भएको दुई खेलमा देवदह व्वाएज र फर्साटिकर एफसी विजयी भएका छन। रुद्रपुर युवा क्लव, कञ्चन ४ रुपन्देहीको पााचौं बार्षिक उत्सव तथा माघी पर्वको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत चौथो दिन दुई खेल सम्पन्न भएका हुन।
प्रतियोगिताको चौथो दिन डोना एकेडेमी सालझण्डी र देवदह व्यायज विच भएको पहलिो खेलमा देवदहले डोनालाई १(० गोल अन्तरले पराजित गर्दै देवदह सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ।
यस्तै मंगलवार नै फर्साटिकर एफसी र चाँदनी एफसी बिच भएको दोश्रो खेलमा चाँदनी एफसीलाई १(२ गोल अन्तरले पारजित गरि फर्साटिकर एफसी सेमी फाइनलमा प्रवेश गरेको रुद्रपुर युवा क्लवका लक्षमण क्षेत्रीले जानकारी दिनुभयो। आज भएको पहिलो खेलमा देवदहका नर बहादुर थापा र दोश्रो खेलमा फर्साटिकरका बलराम न्यौपाने म्यान अफ द म्याच भएका छन।
माघ १ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छन भने उपविजेता टिमले ५१ हजार १११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा रुपन्देहीका १२ फुटवल टिमहरुको सहभागिता रहेको छ। रुद्रपुर माध्यमिक बिद्यालयको खेलमैदामा भएको प्रतियोगितामा भोली गौतमबुद्ध सामुदायिक बिकास केन्द्र र विश्वशान्ती विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।