बुटवल//
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीको लागि दाबी पेस कार्यक्रम आज हुन नसकेपछि भोली (बुधबार) यसअघि सत्ता साझेदार दलहरुले आजै दिउँसो ४ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी प्रस्तुत गर्न जाने तय भएको थियो ।
तर, मुख्यमन्त्रीका दाबेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि आजको दाबी पेश कार्यक्रम स्थगित भएको हो ।
लुम्बिनीमा सरकार बनाउन बहुमतको लागि ४४ जना चाहिन्छ । जसका लागि केन्द्रमै भएको सत्ता साझेदारको गठबन्धनको समीकरणअनुसार गिरि मुख्यमन्त्री बन्ने सहमति छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा बुधबार नै सकिँदैछ ।