काठमाण्डौ//
घनश्याम भुसाल भोलि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ । उहाँको सचिवालयलेका अनुसार शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको हो । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुनुहुन्थ्यो ।
गएको मङ्सिर ४ गते भएको चुनावमा एमालेले टिकट नदिएपछि उहाँले एमाले छाडेर माओवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिनुभएको थियो । तर चुनावमा उहाँ पराजित हुनुभयो । एकीकृत समाजवादीले घनश्याम भुसाललाई भोलि नै सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने बताउनुभएको छ ।