कर्णाली//
कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले शपथ ग्रहण गर्नुभएको छ । उहाँसँगै दुई जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा शर्मालाई शपथ गराउनुभएको हो । साथै माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाह विनाविभागीय मन्त्री बन्नुभएको छ।
४० सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका शर्मालाई २५ जना सांसदको समर्थन रहेको छ । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??