spot_img
spot_img
spot_img

‘छोरी–२’ को एक्सन सुटिङमा अभिनेत्री नुसरत घाइते

spot_img

एजेन्सी //

अभिनेत्री नुसरत भरुचा घाइते भएकी छन् । फिल्म ‘छोरी–२’ को सुटिङका क्रममा उनी घाइते भएकी हुन् । फिल्मको एक्सन दृश्य सुटिङको क्रममा घाइते उनको अनुहार र हातमा चोट लागेको छ । फिल्मकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छन् ।

जसमा उनको अनुहारमा टाँका लागेको देखिन्छ । सुटिङका क्रममा उनी घाइते भएको यो पहिलो भने होइन । यसअघि पनि उनी घाइते भएकी थिइन् । नुसरतको फिल्म ‘छोरी’ सन् २०२१ मा ओटीटीमा रिलिज भएको थियो ।

फिल्मले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको सफलता देखेर निर्माताले २०२१ मा नै दोस्रो भागको घोषणा गरेका थिए । ‘छोरी २’ बाहेक नुसरत ‘सेल्फी’ र ‘अकेली’ नामक फिल्ममा पनि देखिनेछिन् । –

-दैनिक भास्कर

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img