देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा जारी खिचडि महोत्सव विशेष फुटबल प्रतियोगिता-२०७९ मा देवदह ४, मायादेवी युवा क्लब र त्रीसुली युवा क्लब विजयी भएका छन्। हिन्दुहरुको महान चाड माघेसंक्रान्ती एवम् खिचडी महोत्सवको अवसर पारि आयोजित प्रतियोगिता अन्तर्गत दोश्रो दिन तिन खेल सम्पन्न भएका हुन्।
प्रतियोगिताको दोस्रो दिन देवदह ४ (ख) र देवदह ३ विच भएको पहिलो खेलमा देवदह ३ लाई १-० गोल अन्तरले पराजित गर्दै देवदह ४ विजयी भएको हो।
प्रतियोगिताको दोस्रो दिनको दोश्रो खेलमा त्रीसुली युवा क्लब, देवदह १०(क) र मायादेवी युवा क्लब,देवदह ८ बिच भएको खेलमा मायादेवी युवा क्लबले २-० को गोल अन्तरले जित हासिल गरेको हो।
यस्तै शुक्रबार नै त्रीसुली युवा क्लब, देवदह १०(ख) र संगम युवा क्लब, देवदह ३ बिच भएको तेश्रो खेलमा संगम युवा क्लबलाई २-१ गोल अन्तरले पारजित गरि त्रीसुली युवा क्लब, देवदह १०(ख) ले जित हासिल गरेको आशिष पोखरेलले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन खेलमा हिजो आयोजकको टिम र फुलबारी युथ क्लब, देवदह ३ विच भएको खेलमा २-० को अन्तरले फुलबारी युथ क्लब- देवदह ३ विजयी भएको थियो। प्रतियोगिताको उद्घाटन देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले गर्नुभएको थियो।