spot_img
spot_img
spot_img

भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाईदै

spot_img

काठमाडौं//

सरकारले २५ औं भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाउने भएको छ । भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार भन्ने मूलनारा साथ दिवस मनाउन लागेको शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
पत्रकार सम्मेलनमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २५ औं भूकम्प दिवसको मुल समारोह काठमाडौंको कमलपोखरीमा माघ २ गते गरिने जानकारी दिनुभयो ।

उहाँले भूकम्पीय सचेतनाको लागि सरकारले देश व्यापीरुपमा गरिने कार्यक्रमको सूची नै तयार पारिएकोे बताउनुभएको छ । भवनसंहिता कार्यान्वयनको महत्व र विद्यमान भूकम्पीय जोखिमको बारेमा व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img