spot_img
spot_img
spot_img

नारायणघाट-बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण शुरु

spot_img

बुटवल //

नारायणघाट-बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण शुरु गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण शुरु गरिएको हो । आयोजनाका इन्जिनियर राकेश झाले पूर्व पश्चिम राजमार्गको आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको जानकारी दिनुभएको छ । आयोजना शुरु भएको ४७ महिनापछि कालोपत्रको काम शुरु भएको हो ।
भेँडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने बताउदै यो सडक १० मिटरभन्दा बढी फराकिलो रहेको इन्जिनियर झाले बताउनुभयो।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो। एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माणको लागतमध्ये ८५ प्रतिशत एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ।

क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भएमा आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्र गरिने झाको भनाई छ। राजमार्गमा फिलिङको काम भइरहँदा क्रसर उद्योग बन्द भएका कारण काम अघि बढाउन अप्ठेरो परेको झाको भनाइ छ। विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो। सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img