काठमाण्डौ //
राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित भएको छ। पोखरामा आइतवार भएको विमान दुर्घटनाको शोकमा भोलि (सोमवार) सार्वजनिक बिदा दिइएकाले कार्यक्रम स्थगित गरिएको हो । माघ २ गते भोलि देशभर विभिन्न कार्यक्रम गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । भोलिका लागि स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गर्ने तयारी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??