spot_img
spot_img
spot_img

कपिलवस्तुको कृष्णनगरमा राष्ट्रीय योग दिवस मनाईयो

spot_img

कृष्णनगर, अजय मिश्र//

कपिलवस्तु जिल्लाको कृष्णनगरमा आइतबार “जीवनको चाहना योग शिक्षा र साधना” भन्ने नाराका साथ राष्ट्रीय योग दिवस मनाइएको छ। कृष्णनगर नगरपालिका अन्तर्गत संचालित नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा)को आयोजनामा सरसफाई तथा योगाभ्यास गरि मनाएको हो।

नगरका प्रत्येक नागरिकलाई योग अपरिहार्यताको बोध गराउन, सबैलाई योगमय गराइ स्वास्थ्य जीवनको परिकल्पनालाई साकार पार्ने, दिर्घकालिन रोगको नियन्त्रण गर्ने प्रमुख उद्देश्यकासाथ राष्ट्रीय योग दिवस मनाइएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका प्रमुख कविराज नागेश्वर मिश्रले जानकारी दिनुभयो।

कार्यक्रममा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, राहुल मोदनवाल, नारायण कनोडिया, पुष्कर गुप्ता, प्रवेज पाठक, विनय गिरि, चन्द्रभान पाण्डेय, सुरेन्द्र प्रसाद शुक्ल, लगायत जनप्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजीवी,शिक्षाप्रेमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी पत्रकार लगायतको सहभागिता रहेको थियो।
विहान योगाभ्यास पश्चात कृष्णनगर बजारमा सरसफाई समेत गरिएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img