कञ्चन//
रुपन्देहीको कञ्चनमा गत पुस २३ गतेदेखि जारी जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगितामा साविक विजेता सैनामैनाको विश्व शान्ती एफसी विजेता बनेको छ। रुद्रपुर युवा क्लव, कञ्चन ४, रुपन्देहीको पाचौं बार्षिक उत्सवको अवसरमा आायोजित प्रतिययोगितामा देवदह ब्वाइज र विश्व शान्ती बिच भएको फाइनल खेलमा विश्व शान्तीले देवदहलाई ३(० गोल अन्तरले पराजित गरी विजेता बनेको हो।
विजेता बनेसंगै विश्व शान्तीले १ लाख १ हजार १११ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्न सफल भएको छ। यस्तै उपविजेतामा चित्त बुझाउन बाध्य भएको देवदह व्वाइजले ५१ हजार १११ रुपैया सहित मेडल र कप प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ।
आज भएको देवदह र विश्व शान्ती विचको फाइनल खेलमा देवदह माथी विश्व शान्ती एकछत्र दवदवा रह्यो। खेलको १२ औं मिनेटमा विश्व शान्तीका अरुण चौधरीले देवदह विरुद्ध पहिलो गोल गरी टिमलाई अग्रता दिलाउन सफल भएका थिए। विश्व शान्तीबाट पहिलो गोल खानु परेपछि देवदहलाई त्यसको बदला लिनै पर्ने बाध्यतालाई गोलमा परिणत गर्ने प्रयास गर्दा गर्दै विश्व शान्तीका अरुण चौधरीले खेलको १९ औं मिनेटमा पुनः दोश्रो गरेपछि देवदह २(० शुन्य गोलले पछि पर्यो। देवदहका स्ट्राइकरले गोल फिर्ता गर्ने प्रयत्नलाई खेलको मध्यान्तर सम्म विश्व शान्तीका डिफेण्डरहरुले असफल बनाइदिएका थिए।
मध्यान्तर पछि भने देवदहले मध्यान्तर पहिले खाएको गोलका बिरुद्ध गोल फर्काउने अनेक मौकाहरुलाई गोलपोष्टमा बल चुमाउन नसक्दा देवदहले उपविजेतामा सिमित राख्न बाध्य भएको थियो। विश्व शान्ती भने मध्यान्तर पछि गोल संख्या बढाउने भन्दा पनि रक्षात्मक खेललाई अगाडी बढाउने रणनीतिका साथ मैदानमा खेल प्रद्रशन गर्न सफल भयो। देवदहले विशव शान्तीबाट थप गोल नखाई आफुहरुले नै गोल फर्काउने रणनीतिलाई सफल बनाउन सकेन। विश्व शान्तीले भने खेललाई रक्षात्मक बनाउदै खेलको ७० औं मिनेटमा विश्व शान्तीकै खेलाडी बिमल रानाले विश्व शान्तीका लागि तेश्रो गोल गरे पछि टिमलाई ३ अंकका साथ अग्रता दिलाएका थिए।
विश्व शान्ती र देवदह विच भएको फानल खेलमा म्यान अफ द म्याच विश्व शान्तीका अरुण चौधरी भएका छन भने देवदहका अनुप थापा उत्कृष्ट खेलाडी बन्न सफल भएका छन। रुद्रपुर युवा क्लवले आफ्नो पाचौं बार्षिक उत्सवको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई खो खो खेलमा आर्मीबाट महिला तर्फ वर्ण पदक विजेता अञ्जली थापा र खो खो खेलमै लुम्बिनी प्रदेशबाट पुरुष तर्फ स्वर्ण पदक विजेता निरज सुनार तथा लुम्बिनी प्रदेशबाट महिला तर्फ खो खो मा रजत पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई सम्मान गरेको थियो। यस्तै क्लवले अण्डर १२ तर्फ ब्याडमिण्टन प्रतियोगितामा च्याम्पियन हुन सफल सुदेश राजकोटी र अण्डर १७ तर्फ बयाडमिन्टनमै च्याम्पियन बन्न सफल डेविड थापालाई सम्मान गरेको छ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई कञ्चन गाउापालिकाका उपाध्यक्ष मौसमी थापा मगर, वडा नं ४ का वडा अध्यक्ष केशर बहादुर खत्री र जिल्ला खेलकुद बिकास समिति, रुपन्देहीका सदस्य राम बहादुर थापाले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो। प्रतियोगितामा रुपन्देहीका १२ फुटवल टिमहरुले सहभागिता जनाएका थिए।