spot_img
spot_img
spot_img

समाजसेवी सापकोटाद्वारा ज्ञानज्योतिलाई सात लाखभन्दा बढीको आर्थिक सहयोग

spot_img

गुल्मी,कौरव खत्री//

गुल्मी मुसिकोटको ज्ञानज्योति आधारभूत विद्यालयलाई आर्थिक सहयोग जुट्दै गएको छ । मुसिकोट नगरपालिका ९ अर्लाङकोट पाँणथोक गुल्मी स्थित रहेको ज्ञानज्योति आधारभूत विद्यालयको लागि गुल्मी मुसिकोट नगरपालिका ९ अर्लाङकोट पाँणथोक गुल्मी निवासी समाजसेवी यादुलाल सापकोटाले विद्यालयलाई ७ लाख २६ हजार १०१ रूपैया चन्दा सहयोग गर्नु भएको छ । सापकोटा परिवारद्वारा बिद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधार बिकासका लागि उक्त सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

आँउदो फागुन ९ गते देखि १६ गतेसम्म विद्यालयमा रजत महोत्सव श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । २०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार एंवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन यतिबेला विभिन्न ठाउँ ठाउँमा महोत्सवको प्रचार प्रसार र भेटघाट कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img