बुटवल//
पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा कार चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका नं। ८ मधुवनमा बस्दै आएका ३५ वर्षीय ईन्द्रमणि पौडेल रहेका छन। भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका वडा नं १२ भुमही नजिकै दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नम्वर को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठक्कर खाएका थिए । बसमा सवार मानिसहरुलाई केही नभएको प्रहरीले बताएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??