देवदह//
रुपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा जारी खिचडि महोत्सव विशेष फुटबल प्रतियोगिता(२०७९ मा बुद्ध युथ, आयोजक बि र फुलबारी युवा क्लब विजयी भएका छन्। हिन्दुहरुको महान चाड माघेसंक्रान्ती एवम् खिचडी महोत्सवको अवसर पारि आयोजित प्रतियोगिता अन्तर्गत चौथो दिन तिन खेल सम्पन्न भएका हुन्। प्रतियोगिताको चौथो दिन देवदह ५ र देवदह १० भलुहीको बुद्ध युथ क्लब बिच भएको पहिलो खेलमा देवदह ५ लाई १/० गोल अन्तरले पराजित गर्दै देवदह १०, भलुहीको बुद्ध युथ क्लब विजयी भएको हो। उक्त खेलमा भलुहीको बुद्ध युथ क्लबका सुमित राना म्यान अफ द म्याछ घोषित भएका थिए।
चौथो दिनको दोश्रो खेलमा आयोजक (सि) र देवदह ३ बिच भएको खेलमा आयोजक ९सि० २/० को गोल अन्तरले जित हासिल गरेको हो। उक्त खेलमा दुबै टिमबाट निर्धारित समयमा गोल हुन नसकेपछी खेल प्लान्टी शुट आउटमा गएको थियो। उक्त खेलमा आयोजक (सि) टिमका अरुण चौधरी म्यान अफ दि म्याच घोषित भएका थिए।
यस्तै सोमबार नै आयोजक -बि- र फुलबारी युवा क्लब बिच भएको तेश्रो आयोजक ९बि० टिमलाई ४/१ गोल अन्तरले पारजित गरि फुलबारी युवा क्लबले जित हासिल गरेको आशिष पोखरेलले जानकारी दिनुभयो। सो खेलमा म्यान अफ दि म्याच फुलबारी युथ क्लबका चन्द्र मगर घोषित भएका थिए। खेलमा म्यान अफ दि म्याच हुनेलाई गौतम बुद्ध मावली आयल सप्लायर्सका प्रोपराईटर हयारामले थारुले म्यान अफ दि म्याचको ट्रफीले सम्मान गर्नुभएको थियो।