लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्बिरोध निर्वाचित हुनुभएको छ । उहां नेकपा माओवादी केन्द्रका साँसद समेत हुनुहुन्छ । घर्ति पाल्पा क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्बाचित हुनुभएको थियो ।
त्यस्तै उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँण निर्विराेध निर्वाचित हुनुभएको छ । उहाँ राप्रपाबाट समानुपातिक सांसद हुनुहुन्छ ।
यसअघी नेपाली काँग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उपसभामुख पदमा मनोनयन दर्ता गराएका थिए । दुबैजनाले दिएकाे उम्मेदवारी फिर्ता लिएपछी सत्तारुढ दलबाट मनाेनयन दर्ता गरेका हरुनै सभामुख र उपसभामुख निर्विराेध निर्वाचित भएका हुन ।
मङ्गलबार दिउँसाे बसेकाे लुम्बिनी प्रदेश सभाकाे बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एक /एक जनाकाे उम्मेदवारी कायम भएपछी निर्विराेध निर्वाचित भएकाे घाेषणा गरेका हुन ।