काठमाडौं//
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नियुक्त गर्नुभएका नयाँ मन्त्रीहरुलाई सपथ खुवाउनुभएको छ। राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री, ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिनुभएको छ ।
एमालेबाट दामोदर भण्डारी उद्योगमन्त्री, डा. विमला राई पौडेल परराष्ट्र मन्त्री, राजेन्द्र राई भूमिसुधार मन्त्री, पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री, भगवती चौधरी महिला बालबालिका मन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वाला साह कृषि तथा सहकारी मन्त्रीका रुपमा सपथ ग्रहण गर्नुभएको हो ।
माओवादी केन्द्रबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बन्नुभएको छ। माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भैसक्नुभएको छ ।
रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिखिर खनाल शिक्षामन्त्री, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको छ । राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्रीका रुपमा सपथ लिनुभएको छ ।
एमालेका विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री र रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै गृहमन्त्री भइसक्नुभएको छ ।