spot_img
spot_img
spot_img

देवदह ५ ले सम्पन्न गर्यो सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम

spot_img

देवदह // देवदह नगरपालिका वडा नं. ५ ले सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा गरेका सेवा प्रवाह, विकास निर्माण र वडा कार्यालयबाट भएका विभिन्न क्रियाकलापहरुको वारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो।

देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ समेतको उपस्थितिमा आयोजित कार्यक्रममा वडा अध्यक्ष गणेश डुम्रेले वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए।
प्रगति प्रतिवेदनमा वडा कार्यालय अन्तरगतका ९० प्रतिशत योजना सम्झौता भैसकेको तथा अन्य योजना सम्झौता हुने क्रममा रहेको उल्लेख गरिएको छ। कृषि तथा पशु सेवातर्फ एसियाली विकास बैंकको सहयोगमा २० जनालाई जयन टेक्निकल कलेजमा पशु सहायक तालिम दिइएको, त्यस्तै अवलोकन कार्यक्रम, महिला बालबालिका र जेष्ठ नागरिकलाई नेतृत्व विकासको तालिम, ७ वटा टोलमा बाल क्लब र बालसंजाल गठन तथा अशक्तहरुलाई ह्विल चेयर वितरण गरिएको उल्लेख वडा अध्यक्ष डुम्रको प्रतिवेदनमा उल्लेख छ।

देवदह ५ मा शिक्षातर्फ अभिभावक विहिन र अति विपन्न बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्न तथ्यांक संकलन गरि नगरपालिकामा पेश गरिएको लगायतका अन्य विभिन्न शिर्षकमा सम्पन्न भएका कार्यक्रमको विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ। योजनाहरुमा पारदर्शीता र दुरदर्शीता कायम गराउन आफूले निरन्त पहल गरिरहेको वडा अध्यक्ष गणेश डुम्रले बताउनुभयो।

सोही अवसरमा बालमैत्री वडा संकल्प तथा वडाको रणनीतिक योजना निर्माण समिति समेत गठन गरिएको छ। बालमैत्री वडा संकल्प पत्रमा नगर प्रमुख धुब्रप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, शिक्षा अधिकृत पर्शुराम ढकाल, विभिन्न विद्यालयका प्रधानाध्यापक, राजनीति दलका नेता, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले हस्ताक्षर गरेका छन्।

वडा कार्यालयले १५ लाख ३१ हजार ८ सय ६९ रुपैंया राजस्व संकलन गरेको तथा वडा कार्यालयबाट विभिन्न शिर्षकमा १ लाख २७ हजार खर्च भएको विवरण समेत सार्वजनिक गरेको छ।

सार्वजनिक सुनु्वाई कार्यक्रमका सहभागीहरुका बिचमा वडा कार्यालयबाट प्राप्त हुने सेवा तथा सुविधाहरु, वडामा सञ्चालित विकास योजनाहरुको अनुगमन तथा सडक, शिक्षा, स्वास्थ्य बीमा, कृषि, बिउविजन, खानेपानी, लक्षित वर्गको कार्यक्रम लगायतका विषयमा अन्तरक्रिया समेत भएको थियो। अन्तरक्रियाबाट प्राप्त निष्कर्षलाई वडा कार्यालयको तर्फबाट आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिवद्धता जनाएका थिए।

सार्वजनिक सुनवाई कार्यक्रम वडा कार्यालयको प्राङगणमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण देवदह प्रेस क्लबले गरेको थियो भने कार्यक्रमको संचालन क्लबका उपाध्यक्ष सुशिल सापकोटाले गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img