spot_img
spot_img
spot_img

अब अनलाइनबाटै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न सकिने

spot_img

काठमाण्डौ //

सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी तयारी भईरहेको छ । आज न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्चमा अनलाइनमार्फत् मुद्दा दर्ता गर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी गराउनुभएको हो । यसका लागि अब कार्यान्वयनको तयारीमा रहेको उहाँको भनाई छ ।

त्यस्तै अदालतमा पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको तथा अदालतहरुमा रहेका अभिलेख मिसिलहरुलाई डिजिटाइजेशन गर्न सुरु गरिएको कार्कीले उल्लेख गर्नुभयो । अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरुलाई स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गराउने सोच राखेको उहाँको भनाई छ ।

अनलाइन तारिख प्रणालीको प्रयोगबाट मुद्दाका पक्षहरुले विभिन्न ठाउँमा आफ्नो पायक पर्ने ठाउँको जिल्ला अदालतमा गइ सर्वोच्च अदालत र उच्च अदालतमा रहेका आफ्ना मुद्दाको तारिख लिन पाउने अवसर सिर्जना गरेको उहाँको भनाइ छ । सफ्टवेयरमा कैद, जरिबाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुष्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायतका सुविधा रहेको जनाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img