spot_img
spot_img
spot_img

कोटियादेवी मन्दीरमा संचालित महायज्ञमा १ करोड बढी रकम संकलन

spot_img

देवदह //

देवदह -९ घोडाहा स्थित कोटियादेवी मन्दीरमा संचालन भएको महायज्ञमा १ करोड भन्दा बढी रकम संकलन भएको छ। यही पौष ३० गते देखि सुरु भएको महायज्ञमा एक हप्ताको अवधीमा १ करोड भन्दा बढी रकम र १० धुर जग्गा दान बापत प्राप्त भएको महायज्ञ मूल आयोजक कमिटीका संयोजक मोहन बहादुर जिसिले जानकारी दिनुभयो ।

देवदह-९ निवासी चमाकान्त गौडेलले मन्दिरमा भौतिक संरचना निर्माणका लागि १० धुर जग्गा हस्तान्तरण गरेका हुन् ।मन्दिर स्थापना कालमा हजुरबुबा भवानी प्रसाद गौडेल,बुवा नारायण दत्त गौडेल तथा माता बसुन्धारा गौडेलले २ कठ्ठा जग्गा दान गरेको स्मरण गर्दै देवदह-९ का वडा सदस्य समेत रहेका गौडेलले मन्दिर व्यवस्थापनका लागि जग्गा दान दिन पाँउदा खुसी लागेको बताउनुभयो ।

महायज्ञको सातौं तथा अन्तिम दिन नेपालका चर्चित पत्रकार ऋषि धमलाले समेत महायज्ञ तथा धार्मिक महोत्सवको अवलोकन गर्नुभएको छ ।महायज्ञमा आफ्नो भनाई राख्दै पत्रकार धमलाले जनप्रतिनिधि, साम्सद तथा मन्त्री कसैले पनि भ्रष्टाचार नगरी कटिबद्ध भएर देश विकास निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

महायज्ञमा प्राप्त भएको जम्मा दान रकम, सम्पन्न गर्न लागेको खर्चको विषयमा केही दिन भित्र सम्पूर्ण विवरण सार्वजनिक गरिने महायज्ञ सचिवालयका संयोजक पवन पौडेलले बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img