spot_img
spot_img
spot_img

देवदह महोत्सव तयारी: राजनीतिक दल र संघ-संस्थामा प्रतिनिधीसंग छलफल सम्पन्न

spot_img

देवदह । सातौं देवदह व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ को तयारी तीब्र पारिएको छ । मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारी र सुझाव संकलन गर्ने क्रममा शनिवार देवदहमा क्रियाशील राजनीतिक दल र संघ-संस्थामा प्रतिनिधीसंग छलफल सम्पन्न
गरेको छ ।

महोत्सवलाई कसरी भव्य र व्यवस्थित बनाउन सकिन्छ र मेलाले लिएका लक्ष हासिल गर्न कसरि अगाडी बढ्ने भन्ने सन्दर्भमा आयोजित छलफलमा मेला मुल आयोजक समितिका संयोजक मेघराज ढकालले उपस्थित राजनीतिक दल र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसमक्ष योजना प्रस्तुत गरेका थिए। सो क्रममा देवदहको पर्यटन प्रबर्धन र कृषि एवं व्यवसायिक विकासको लागि मेलाले योगदान पुर्याउने उल्लेख गर्दै संयोजक ढकालले सबैको सहकार्यमा देवदहको गौरवको रुपमा मेला सफल बनाउनुपर्नेमा जोड दिएका थिए।

छलफलमा राजनितिक दलतर्फ नेपाली कांग्रेसका प्रमोद खनाल, नेकपा एमालेका यम राना, नेकपा माओवादी केन्द्रका गोविन्द ठटराई, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेम बहादुर खत्री, राजमोका धनु पाण्डे, जनमुक्ति पार्टीका डम्बर बहादुर थापा, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने लगायतको उपस्थिति रहेको थियो। त्यसैगरि संघसस्था तर्फ साना किसान सहकारीका टिका गौतम, निर्माण सहकारीका मोतिलाल ढकाल, पल्लवी सहकारी, नवप्रभात सहकारी, प्रगति सामुदायीक बन, स्मृति सामुदायिक बन तथा देवदहमा रहेका विभिन्न पार्क सम्बद्ध प्रमुख तथा प्रतिनिधिहरूको छलफलमा सहभागिता रहेको थियो।

छलफलमा मेलाका सहयोगी संस्था देवदह व्यापार संघका रमेश खरेल र उद्योग वाणिज्य संघ देवदहका हरि प्रसाद भण्डारी समेतको उपस्थिति रहेको थियो छलफलले मेला सम्पन्न गर्न सबै राजनीतिक दल र संघसस्थाले सहयोग गर्ने र आयोजकले सबैको साथ लिएर मेला भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको मेलाका सचिवालय संयोजक थानेश्वर लम्सालले जानकारी दिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img