कञ्चन//
रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको एक सुनचाँदी पसलमा आज राती चोरी भएको छ। चोरी हुनेमा कञ्चन गाउँपालिका वडा नं ५ गरगरेमा रहेको न्यू अर्घाखाँची सुनचाँदी पसल रहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय रुद्रपुरले दिएको जानकारी अनुसार उक्र पसलबाट करिब ८ तोला बराबरको सुनचांदीका गरगहना र गरगहना सजाउने सेभ सहित नगद २० हजार समेत चोरी भएको छ। बिहान करिब ४ः२० बजेको समयमा ब्याडमिन्टन खेल्न हिड्दै गरेका स्थानीय केशवराज पौडेलले पसलको सटर फोडिएको जस्तो थाहा पाएर नजिकैको ईलाका प्रहरी कार्यलयलाई जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनास्थमा पुगेर घटनावारे अनुसन्धान गर्दा पसलभित्र रहेको करिब ४ क्विन्टल बराबरको लकर -भल्ट- गरगहना सजााउने सेभ, नगद २० हजार र करिब ८ तोला बराबरको सुनचाँदीका गरगहना चोरी भएको जानकारी दिएको छ। कसले कुन समयमा चोरी गर्यो भन्ने कुनै थाहा हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ। कञ्चनमा अज्ञात समूहहरुले चोरी गर्दा सामान्यतः सुनचांदी, गरगहना र नगद चोर्ने गरेको भएपनि लकर नै चोरी गरेको पहिलो घटना भएको स्थानीयहरुको भनाइ रहेको छ।
चोरी भएको न्यू अर्घाखांची सुनचाँदी पसलका संचालक दिलबहादुर विक कञ्चनमा गत पुस १६ गतेको भएको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। निजको परिवारले हिजोमात्रै उक्त घटनापछि पहिलो पटक पसल खोलेका थिए। जिल्ला अर्घाखाँची पाणिनी गाउपालिका वडा नं ६ स्थायी घर भई मृतक बिकले हाल रुपन्देहीको कञ्चनमा सुनचँदी पसल संचालन गर्दै आएका थिए। सो पसलमा भएको चोरीको घटनाले मृतकको परिवारमा पिडामाथी पिडा थपिएको छ।