बुटवल//
सुस्ता बचाउ अभियानका एक सशक्त जंगे पिलार अर्थात गोपाल गुरुङको निधन भएको छ। भारतीय पक्षद्वारा नेपाली अतिक्रमित भूमि संरक्षणका लागि लामो समयदेखि सङ्घर्षरत सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको क्रममा निधन भएको हो ।
भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै एक जंगे पिलरको रुपमा उभिदै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भई एक महिनादेखि अस्पतालमा उपचाररत थिए।उनको उपचारको क्रममा मँगलबार साँझ मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
गुरुङको अकस्मात मस्तिष्काघात(ब्रेन हेम्ब्रेज)भएपछि रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको थियो । नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकासप्राप्त गुरुङ विसं २०५५ देखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध लड्दै आएका थिए। विसं २०६२ देखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति गठन गरेर अतिक्रमणको विरोध गर्दै आएका थिए । अतिक्रमण विरुद्ध लागेको भन्दै भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो । राजनीतिक परिवर्तनसँगै फेरिने सरकारसँग गुरुङसहितको टोलीले सुस्ताको अतिक्रमण भूमि फिर्ता ल्याउन माग गर्दै आएको थियो ।
स्थायी सीमा नभएका कारण भारतले पटकपटक अतिक्रमण गर्दै आएको भन्दै स्थायी सीमा स्तम्भ राख्न पहल गरिदिन सुस्तावासीले माग गर्दै आएका छन् । सुस्ताको १९ हजार चार सय ८० हेक्टरलाई भारतले विवादित भन्दै लालपुर्जा भएको जग्गा पनि नेपालीलाई जोतभोग गर्न दिएको छैन । पछिल्लो केही वर्षदेखि सुस्तामा सडक, विद्यालय, बिधुत लगायत संरचना बन्न थालेपछि सुस्ता अतिक्रमण भने कम भएको छ । तर नेपाली भूमिसँग जमिनको सिधा सम्पर्क नहुँदा केही समस्या पर्दा भने सुस्तावासी भारततर्फ जानुपर्छ । सुस्ता बचाउनका लागि अभियान सञ्चालन गरेका गुरुङको निधनपछि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।
स्व। गुरुङले देशमा बिभिन्न राजनैतिक घटनासंगै बन्ने बिभिन्न सरकारका प्रधानमन्त्री, मन्त्रीसमक्ष सुस्तामा भएको नेपाल भारत सीमा रक्षाबारे पटक पटक आग्रह गर्दा समेत कुनै पनि सरकारले ध्यान नदिएको प्रति चिन्ता र दुखेसो व्यक्त गर्दथे। गत मंसिर ४ गते संघ र प्रदेशको चुनावको समयमा चुनावी प्रचार अभियानको क्रममा सुस्ता पुगेका उमेद्वारहरुसंग सुस्ता बचाउ अभियानका संयोजक स्व। गुरुङले ूयदि यस्तै हो भने सुस्ता ता के एक दिन देश नै नरहने स्थिति रहन सक्छ तसर्थ अव देशमा धेरै भन्दा धेरै देशभक्त नेता र जनताले जन्म लिनु पर्छू भन्दै आफु जिवित रहदा सम्म सुस्ता बचाउन निरन्तर संघर्ष गरिरहने बताएका थिए।