spot_img
spot_img
spot_img

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी–१ ले हात पार्यो

spot_img

रुपन्देही//

रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो । टस जितेर रोहिणी–२ ले बलिङ रोजेको थियो । सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो ।

जितका लागि २२० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो । प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित भएका छ्न। प्रतियोगितामा रोहिणी–५ र रोहिणी–६ सेमीफाइनलमा पुगेका थिए । नमोबुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा गत माघ ३ गतदेखि रोहिणी–३, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको थियो।

प्रतियोगितामा प्रथम हुने टीमलाई रु।६० हजार र उपविजेता (द्वितीय) हुने टीमलाई रु. ३० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताउनु भएको छ । त्यस्तै सेमीफाइनलमा पुगेका दुईटा टीमलाई रु. १५र१५ हजार प्रदान गरिएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका ७ र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img