spot_img
spot_img
spot_img

भोलि र पर्सि पश्चिमी भेगका पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना

spot_img

काठमाण्डौ//

देशको पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा भोलि र पर्सि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सबैजसो उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका हुन ।

भारतको मौसम विभागले यो हिउँदमा पहिलो पटक हिमाञ्चल प्रदेश, जम्मु कश्मिर र पूर्वी राजस्थानमा चेतावनी जारी गरेको छ । विभागले ति क्षेत्रमा ठूलो वर्षा र हिमपातको संभावना रहेकोले सावधानी अपनाउन आग्रह गरेको छ । त्यही प्रणालीको असरले नेपालको पश्चिमी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको हो ।

वर्षा र असिनाका कारण तराईमा तोरी खेतीमा क्षति पुग्ने जोखिम छ भने यातायात दुर्घटनाको जोखिम पनि हुने भएकोले सावधानी अपनाउन जलवायु विपदविज्ञ धर्मराज उप्रेतीको सुझाव छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img