१४ माघ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्नुहुने भएको छ । उपप्रधान तथा गृहमन्त्री रहनुभएकन रवि लामिछानेले राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिनुभएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले शुक्रबार रवि लामिछानेको नागरिकता विवादका कारण सांसद बन्न अयोग्य ठहर गरेसंगै उक्त फैसलापछि लामिछानेले पदबाट राजीनामा दिनुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??