spot_img
spot_img
spot_img

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान 

spot_img

एजेन्सी //
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि ‘गार्डरेल’ स्थापना गर्न आग्रह गरेका छन् । ‘अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ,’ संयुक्त राष्ट्रसंघका प्रमुखले भनेका छन् । उनले यस किसिमको गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वान गरेका छन। न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रमुखले सो धारणा राखेका हुन्।

राष्ट्रसंघ प्रमुखले भने, ‘मानिसहरू यस्तो संसारमा बाँचिरहेका छन् । जहाँ आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको छ। जनवादी डेमोगोगहरूले सङ्कटलाई भोट जित्न प्रयोग गरिरहेका छन् । गलत सूचना षड्यन्त्र, सिद्धान्तहरू, घृणायुक्त भाषणहरू त्यसका निम्ति व्याप्त बनेको छ ।’ महासचिवले सामाजिक मिडिया प्लेटफर्महरू र तिनीहरूका विज्ञापनदाताहरू अतिवादलाई मूलधारमा लैजानमा संलग्न रहेको र इन्टरनेटका धेरै भागहरूलाई घृणा र झुट विवरणका लागि विषाक्त फोहोर डम्पूमा परिणत गरिएको उनको तर्क छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img