पाल्पा//
पाल्पाको तिनाउ गाउँपालिका वाड नम्बर ( ३ भुतखोलामा घुम्न गएका एक युवाको डुबेर मृत्यु भएको छ । भुतखोलामा फोटो खिच्ने क्रममा पोखरीमा डुबेर पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको प्रहरीले बताएको छ।
पठान र रुपन्देहीको सिद्धार्थनगर ४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका थिए ।
भुतखोलाको पोखरीमा फोटो खिच्न जाने क्रममा अचानक ढुङ्गाबाट चिप्लिन जाँदा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागी ल्याईएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??