spot_img
spot_img
spot_img

भारतद्वारा न्युजिल्याण्ड ६ विकेटले पराजित

spot_img

एजेन्सी //

लखनउमा भएको दोस्रो ट्वान्टी–२० खेलमा भारतले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो । न्युजिल्याण्डका कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।
सानो स्कोर भए पनि न्युजिल्यान्डका बलरहरूले कडा संघर्ष गर्दै खेललाई अन्तिम ओभरमा पुर्‍याए । अन्तिम ओभरमा भारतले जितका लागि ६ रन जोड्नु परेको थियो । न्युजिल्याण्डले पनि यहाँ हतियार राखेको छैन। भारतले अन्तिम दुई बलमा तीन रन बनाउनु परेको थियो । पाँचौँ बलमा सूर्यकुमार यादवले चौका प्रहार गर्दै भारतलाई जित दिलाए ।

सय रनको लक्ष्य पछ्याएको भारतीय टोलीको सुरुवात खासै भएन । ओपनर शुभमन गिल ११ र इशान किशन १९ रन बनाएर आउट भए । राहुल त्रिपाठीले १३ र वासिङ्टन सुन्दरले १० रन मात्र बनाउन सके । तर सूर्यकुमार यादव ९नटआउट २६० र कप्तान हार्दिक पाण्डेय ९नटआउट १५० को जोडीले भारतलाई जित दिलायो। राँचीमा भएको पहिलो खेलमा न्युजिल्याण्ड २१ रनले विजयी भएको थियो । सिरिजको तेस्रो खेल फेब्रुअरी १ ​​मा अहमदाबादमा हुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img