spot_img
spot_img
spot_img

गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको दोश्रो अधिवेशन सम्पन्न

spot_img

गुल्मी,कौरब खत्री //

गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको दोश्रो अधिवेशन वामी टक्सारमा शनिवार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले गोपिकृष्ण खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानहरि सापकोटा, उपाध्यक्षहरु महेश्वर घिमिरे र लक्ष्मण फुल्लेल, महासचिवमा सुन्दर प्रधान, सचिवमा तोयनाथ खराल, कोषाध्यक्षमा टोप बहादुर शाक्य निर्वाचित भएको गुल्मी मुसिकोट उद्योग वाणिज्य संघले जनाएको छ। अधिबेशनबाट डम्बर बहादुर थापा, महेन्द्र घिमिरे, बसन्त अधिकारी, युवराज खराल, टेक बहादुर गुरुङ, राम बहादुर बोहोरा, सपना रायमाझी, राम प्रसाद गौतम, अनुप लाखे र सदस्य सचिवमा मोहनलाल श्रेष्ठ निर्वाचित भएका छन। सोही अधिबेशनबाट मुना काफ्ले आचार्य र रुपा श्रेष्ठलाई महिला सदस्यको रुपमा चयन गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेलले विश्वव्यापी आर्थिक मन्दीका कारण वामीटक्सार बजारमा पनि व्यापार व्यवसाय घट्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै विचलित नहुन आग्रह गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख खरेलले मुसिकोट नगरपालिकामा लगानी गर्ने वातावरण बनाउन नगरपालिकाले गर्नुपर्ने दायित्वका विषयमा सबै व्यवसायीहरु र व्यापारीहरुसगं छलफल गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै परम्परागत भन्दा पनि समयको माग र आवश्यकतालाई ध्यानमा राखी आधुनिक तवरबाट व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख गङ्गा श्रेष्ठले पछिल्लो समय पोके व्यापारीहरुको संख्या बढ्दै गएकाले त्यसलाइ निषेध गर्ने उद्देश्यले नगरपालिकाले कर लिने गरेको भन्दै रसिद बिनाका त्यस्ता व्यापारीहरूलाई गाउँ छिर्न नदिन आग्रह गर्नुभएको थियो । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मोहनलाल श्रेष्ठले सामाजिक क्षेत्र, विभिन्न प्राकृतिक विपत्तिमा सहयोग, व्यवसायीहरुलाई कर शिक्षा कार्यक्रमसगैं मूल्य सुची राख्नका लागि सहजीकरण गर्दै आईरहेको उल्लेख गर्दै संस्थाको आर्थिक एवम् प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल, नेकपा एमाले नगर अध्यक्ष प्रकाश काफ्ले, मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटा, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता तथा संस्थापक सचिव महेश्वर घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। गुल्मी मुसिकोट उद्योग वाणिज्य संघमा हालसम्म २ सय १५ जना सदस्यहरू आवद्व रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img