कञ्चन//
श्री जनज्योती माध्यामिक बिद्यालय, कञ्चन १, दानापुर रुपन्देहीको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ। समाज रुपान्तरणका लागि मानविय तथा चेतनास्तरमा बृद्धि हुन आवस्यक पर्ने कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले जोड दिनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाँउपालिकाका अध्यक्ष ढकालले बिद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसको शुभारम्भ गर्दै बिद्यालयको शैक्षिक स्तरमा बृद्धि गर्न मानविय सचेतनाको बिकास हुन आवस्यक पर्ने कुरामा जोड दिनुभएको छ।
जवसम्म बिद्यालयमा मानव बिकास सभ्यताका बारेमा पठन पाठन गर्न सकिदैन तव सम्म कुनै पनि क्षेत्रमा गरिने भौतिक बिकासले दिगोपन हुन नसक्ने बताउदै अध्यक्ष ढकालले बिधार्थीहरुको शैक्षिकस्तरलाई बृद्धि गर्न अभिभावकहरुको सकारात्मक सोंच हुन आवस्यक भएको र त्यसका लागि अभिभावक शिक्षा समेत अनिवार्य रहने बताउनु भयो। कञ्चनलाई शैक्षिक हवको रुपमा बिकास गर्न कञ्चनका हरेक बिद्यालयहरुले पढ्दै कमाउदै शिक्षालाई अवलम्बन गर्नु आवस्यक रहेको अध्यक्ष नवराज ढकालले उल्लेख गर्नुभयो।
यसैगरी कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य चित्र तुलाचनले प्रविधिको अधिक्तम प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो। बिधालयमा सिकेको हरेक कुराहरुलाई मोवाइल मार्फत बिभिन्न सामाजिक सञ्जालाहरुमा अपलोड गरेर अरुले पनि आफ्नो बिद्यालयमा सिकाइने बिषयबस्तुहरुका बारेमा एक आपसमा आदान प्रदान गर्न सहज हुने र जसले गर्दा थप विषयबस्तुबारे जानकारी समेत हुने कार्यपालिका सदस्य तुलाचनले उल्लेख गर्नु भयो। गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका चित्र तुलाचनले कञ्चनको शैक्षिक गुणस्तरको मापन त्रैमासिक रुपमा लिइने परिक्षाबाट मात्र नहुने भएकोले आफ्नो बिद्यालयमा अध्ययनरत बिधार्थीहरुमा रहेको आन्तरिक प्रतिभाहरु उजागर गर्न सक्नु पर्नेमा जोड दिनुभयो।
वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले शिक्षक शिक्षिकाहरु प्रबिधिमैत्री बन्दै पुस्तकमा भएका पाठ्यक्रमहरुलाई प्रमाणित गर्न पनि प्रबिधिमा आएका नयाँ नयाँ बिषय बस्तुहरुको उपयोग गर्नु पर्नेमा जोड दिनु भयो। शिक्षक, बिधार्थी र अभिभावकहरु बिचको आपसी समन्वयात्मक सम्बन्धलेमात्र बिद्यालयको शैक्षिक गुणस्तरले प्राथमिकता पाउने वडा अध्यक्ष थारुले बताउनु भयो।
बिद्यालयका संस्थापक तथा अवकास प्राप्त प्रधानाध्यापक प्रम बहादुर थापाले बिद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधार बिकासमा स्थानीय अभिभावक, तत्कालिन जिल्ला शिक्षा कार्यलय, जिल्ला बिकास समिति, जन्रतिनिधी र सरोकारवालाहरुको सहयोग, सल्लाह र योजनाले मात्र जनज्योती माध्यमिक बिद्यालयको बर्तमान अवस्था भएको बताउनु भयो। बिद्यालयले अहिले जुन बिकास गरेको छ त्यसको श्रेय बिद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक, शैक्षिकप्रेमी, जनप्रतिनीधि लगायतको भुमिका निकै जिवन्त रहेको समेत निवर्तमान प्रधानाध्यापक प्रेम बहादुर थापाले बताउनुभयो।
बिद्यालयका प्रधानाध्यापक पुजेन्द्र श्रीसले बिद्यालयको आर्थिक,भौतिक तथा शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा वडा सदस्य लेखा राहादी, बिद्यालयका सल्लाहकार लोक बहादुर भुजेल, ईन्द्रकमल आमा समूहका अध्यक्ष दिलु पुन लगायतले बिद्यालयमा बिधार्थीहरुको संख्या र गुणस्तर बढाउन सरोकारवालाहरुको चासो र आवस्यक सल्लाह सुझावको आदान प्रदान हुनुपर्नेमा जोड दिनु भएको थियो।
चालु शैक्षिक सत्रबाट माध्यमिक तह सञ्चालन भएको बिद्यालयले बिद्यालयको स्थापनादेखि प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएका संस्थापक तथा अनिवार्य अवकास प्राप्त प्रधानाध्यापक प्रेम बहादुर थापालाई अनिवार्य बिशेष सम्मानका साथ बिदाई समेत गरिएको थियो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधार्थीहरुद्वारा विविध साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। बिद्यालयका सहायक प्रधानाध्यापक तिलकराम लोधले स्वागत गर्नु भएको कार्यक्रममा शिक्षकद्वय ओम बहादुर त्रामु र थमन थापा मगरले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो।