spot_img
spot_img
spot_img

कञ्चनमा वातावरणिय मैत्री, दिगो तथा महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

spot_img

कञ्चन//

सिर्जनशिल संस्था नेपाल(सिन)को आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा फ्रिडम किट व्याग, वातावरणिय मैत्री, दिगो तथा स्वस्थ महिनावारी सम्बन्धी एक दिने सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सिर्जनशिल संस्था नेपाल(सिन) तिलोत्तमा नगरपालिका वडा नं. ९ रुपन्देहीका अध्यक्ष प्रतिभा शर्माले महिलाहरुले आफु महिनावारी भएको समयमा हुनसक्ने बिभिन्न रोगको संक्रमणबाट सुरक्षित हुन स्वस्थ र सुरक्षित कीटहरुको प्रयोगबारे अभिमुखीकरण गर्नु भएको थियो। महिनावारीको समयमा शारिरिक, मानसिक रुपमा पनि सम्वेदनशिल अवस्थामा हुने भएकोले महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याडको प्रयोग गर्दा वातावरणिय मैत्री हुनुको साथै सुरक्षित व्यबस्थापनको अवस्यक रहने अध्यक्ष शर्माले बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले महिनावारीको समयमा महिलाहरुले आफु स्वस्थ र सुरक्षित रहने उपायका बारेमा सदैव तर्क र सचेत हुनुपर्ने बताउनु भयो। आफुले सिकेका कुरा गाउ छिमेकका अन्य महिलाहरुलाई पनि महिनावारी भएको समयमा वातावरणिय सेनेटरी प्याडको प्रयोग गर्नेबारे जानकारी गारउनु पर्ने अध्यक्ष ढकालले बताउनु भयो। कार्यपालिका सदस्य कुमारी घर्ति मगरले गाउँको दुरदराजमा रहेका महिलाहरु जस्ले आफु महिनावारी हुँदा सेनेटरी प्याड किन्न नसक्ने महिलाहरुका लागि घरमा भएका तर पुनः प्रयोगमा नआउने लत्ता कपडालाई रिसाइक्लिङ्ग गरेर प्रयोग गर्न सकिने कुरालाई गाँउ गाँउमा जानकारी गराउनु पर्नेमा जोड दिनु भयो।
कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा कार्यक्रममा सिर्जनशिल संस्था नेपाल(सिन)का सविता पोख्रेल र प्रतिमा पन्थीले स्वस्थ महिनावारी र स्वच्छता व्यबस्थापन तथा जोखिम पुर्ण अभ्यास सुधार सम्बन्धी अभिमुखीकरण गर्नु भएको थियो। कञ्चन गाउँपालिकाका सहायक महिला विकास निरीक्षक राधा भट्टराईको संचालनमा भएको कार्यक्रममा सिर्जनशिल संस्था नेपाल(सिन)ले कार्यक्रममा सहभागी करिब १२० जना महिलाहरुलाई फ्रिडम कीट व्याग समेत निःशुल्क वितरण गरिएको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागीहरुको तर्फबाट कमला बि.कले अभिमुखीकरण कार्यक्रमबाट सिकेका कुराहरुलाई आफ्नो गाउछिमेकमा रहेको अन्य महिला दिदि बहिनीहरुलाई बताउने प्रतिवद्धता समेत गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img