spot_img
spot_img
spot_img

क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन

spot_img

काठमाण्डौ//

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन परेको छ। उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो । एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाण्डौले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । तर उच्च अदालत पाटनले भने २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो।

उपयुक्त कारणविनै सन्दीपलाई धरौटीमा छाडिएको भन्दै उनलाई पक्राउको माग गरेर महान्यायाधिवक्ताको कार्यालयले आज सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेको जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img