spot_img
spot_img
spot_img

पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका ६ जनाको डिएनए परीक्षण सुरू

spot_img

पोखरा//

पोखरा जहाज दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न डिएनए परीक्षण सुरू गरिएको छ। दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरू गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिनुभएको छ ।

नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरू गरिएको र परिवारको नमूना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको उहाँले जानकारी दिनुभयो । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ। पोखरामा २२ जनाको फरेन्सिक जाँच गरी शव पहिचान गरिएको हो। गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोंचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img