कञ्चन//
ईलाका प्रहरी कार्यालय, रुद्रपुर रुपन्देहीको आयोजनामा हिमालय आधारभुत बिद्यालय, कञ्चन ४ रुपन्देहीका विधार्थीहरुका लागि लागु औषध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ। हिमालय आधारभुत बिद्यालयमा भएको कार्यक्रममा विधार्थीहरुलाई लागु औषध दुरुपयोग नियन्त्रणका लागि बिधार्थीहरुको भुमिकालाई प्रभावकारी बनाउन सचेतना कार्यक्रम प्रभावकारी हुने कञ्चन गाँउपालिकाका कार्यपालिका सदस्य शुसिला थापाले बताउनुभयो।
किशोर किशोरी अवस्थामा सृजनात्मक गतिबिधिहरुमा बिधार्थीहरुलाई संलग्न गराउन सकेमात्र लागु औषध दुर्व्यसनी हुनबाट बचाउन सकिने कार्यपालिका सदस्य थापाले बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कार्यपालिका सदस्य थापाले बिधार्थीहरुलाई पुस्तकमा भएको ज्ञान शिक्षा संगसंगै असल बानी व्यबहार र सृजनात्मक अभिब्यक्ति कलामा सहभागितामा हौसला दिनु पर्ने जसले गर्दा कुलतमा लाग्नबाट सुरक्षित गर्न सकिने बताउनुभयो।
कञ्चन गाउँपालिका वडा नं ४ को आर्थिक सहयोगमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम यादवले लागु औषध भनेको के होरु लागु औषध दुर्व्यसनी कसरी हुन्छरु दुर्ब्यसनीमा फसेपछि हुने समस्याका बारेमा बिधार्थीहरुलाई सचेतना मुलक सहजिकरण गर्नुभएको थियो।
लागु औषध दुर्ब्यसनीमा फसेपछि दुर्ब्यसनीमा फसेका व्यक्तिहरुलाई समाजले हेर्न दृष्टिकोण र त्यसले घर समाजमा पार्ने असरका बारेमा समेत प्रहरी निरीक्षक यादवले बिधार्थीहरुलाई जानकारी दिनुभयो। कञ्चन गाँउपालिकाका वडा नं। ४ का जनप्रतिनीधि, बिद्यालयका शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रहरी निरीक्षक राजाराम यादवले गर्नु भएको थियो भने वडा सचिव चक्रपाणी पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।