दीपक-सुमन जैसवाल, गैडहवा //
रुपन्देहीको गैडहवा गाउँपालिका वाड नं ७ ले ५ सय १० जना जेष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरुलाइ न्यानो कपडा प्रदान गरेको छ। न्यानो कपडा वितरण गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु र एकल महिलाको साहारा नै गैडहवा गाउँपालिका रहेको बताउनु भयो। जुनसुकै समस्या आइपरेमा गाउँपालिका सम्पर्क गर्न अनुरोध गर्दै गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा पुराउने प्रतिवद्धता समेत अध्यक्ष पौड्यालले गर्नु भयो।
गैडहवावासी रगत आवस्यक परेमा निःशुल्क रुपमा रगत उपलब्ध गराउने रक्त सञ्चार केन्द्रसंग सम्झौता भएको जानकारी गराउदै अध्यक्ष पौड्यालले रगतको अभावमा कुनैपनि गैडहवावासीले मृत्युवरण गर्नु नपर्ने बताउनुभयो। विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले गाउँपालिकामा रहेका असाहय, अशक्त, जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुको सम्मान गर्नु नै पालिकाको मुख्य उदेश्य रहेको बताउनुभयो। न्यायिक समितका संयोजक समेत रहनु भएका उपाध्यक्ष जैसवलाले कही कतैबाट अन्यायमा परेका गैडहवावासीको न्यायका लागि पालिकामा रहेको न्यायिक समिति सदैव कृयाशिल रहने बताउनुभयो ।
न्यानो कपडा वितरण कार्यक्रममा सत्यनारायण पथिक, नेकपा माओवादी केन्द्रिय सदस्य चन्द्र बहादुर घर्ती लगायतले बोल्दै पालिकाले संचालन गर्ने हरेक जनमुखी कार्यक्रमलाई सदैव साथ र समर्थन रहने बतानु भयो। नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारका जनप्रतिनीधिहरु सदैव जनतासंग नजिक भएर कार्य गर्नु पर्ने समेत वहाँहरुले सुझाव दिनुभयो। न्यानो कपडा वितरण कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष केवटले हरेक वडावासी नागरिकहरुको सुख दुख र हरेक समस्याहरुको समाधानमा वडा कार्यालय सदैव तयार रहेको बताउनुभयो।
वडाको बिकासमा सम्पुर्ण वडावासीको साथ, सहयोग र सल्लाह प्राप्त हुनेमा बिश्वास गर्दै वडाको प्राथमिकताको आधारमा हरेक क्षेत्रको बिकासलाई निरन्तर दिइने वडा अध्यक्ष केवटले बताउनु भयो। न्यानो कपडा वितरण कार्यक्रममा वडा सदस्य धर्मराज कोहाँरले गर्नु भएको थियो भने दिलिप कुमार भुजले सञ्चालन गर्नुभएको थियो ।