तिलोत्तमा //
प्रथम तिलोत्तमा पुरुष डबल भेट्रान्स व्याडमिनटन प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना तथा मधवलिया व्याडमिन्टन क्लवको व्यवस्थापनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा नगर भित्रका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवि चौधरीले उद्घाटन गर्नुभएको छ ।
४५ बर्ष माथिका युवाहरुलाई व्याडमिन्टन प्रतियोगितामा सहभागि बनाउन तथा उनीहरुको सम्मानको लागि प्रतियोगिताको आयोजना गरिएको उपप्रमुख चौधरीले उल्लेख गर्नुभयो । प्रतियोगितामा बिजय टिमलाई पुरस्कार स्वरुप नगद तथा ट्रफिको व्यवस्थापन गरिएको क्लवका अध्यक्ष केशवसिंह चौधरीले जानकारी दिनुभएको छ । प्रथम हुने टिमलाई २५ हजार, द्धतियलाई १५ हजार र तृतियलाई १० हजार सहित ट्रफि पाउने आयोजकले जनाएका छन ।