spot_img
spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

spot_img

 काठमाडौं //

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । आज आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्चको पूर्णपाठ नआएसम्म रवि लामिछानेलाई गृहमन्त्री नबनाउने अडान लिएपछि अन्ततः रास्वपाले सरकारमा नरहने निर्णयमा गरेको हो । यसअघिको बैठकले सरकारलाई सरकारमा रहनका लागि रास्वपाले २ दिनको समय दिएको थियो ।

प्रचण्डले अडान नछाडेपछि अन्ततः रास्वपाले सरकारमा नरहने निर्णय गरेको छ । नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट स्वतः पदमुक्त भएपछि सरकार र रास्वपाबीचको मतभेद चर्किएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img