कञ्चन//
रुपन्देहीको कञ्चनमा भोली माघ २५ गते देखि शिवपुराण तथा धनधान्यञ्चल ज्ञानमहायज्ञ शुरु हुदैछ। सोही महायज्ञ सञ्चालको पुर्व सन्धयामा ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, रुपन्देहीको आयोजनामा महायज्ञको प्रचार प्रसार अन्तर्गत मोटरसाइकल र्याली गरिएको छ। सो मोटरसाइकल र्यालीको उदेघाटन ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, रुपन्देहीका प्रस्तावित पिठाधिस तथा त्रिनेत्र आध्यात्मिक केन्द्रका संरक्षक केशर पुरी र ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, रुपन्देही व्यबस्थापन समितिका अध्यक्ष विजय श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो। मोटरसाइकल र्यालीको शुभारम्भ गर्दै धामका प्रस्तावित पिठाधिस केशर पुरीले १०८ शिवलिङ्ग स्थापना गरी देशमा दिगो शान्तीको कामना गर्दै ध्यान केन्द्र र धर्मशाला निर्माण गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बताउनु भयो।
समाजमा परोपकारी सेवाको लागी एम्बुलेन्स सञ्चालन र महिला उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न सामाजिक भवन निर्माण गर्ने उद्धेश्यका साथ ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, रुपन्देही र त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र काठमाण्डौको संयुक्त आयोजनामा २ हप्ता सम्म महायज्ञ सञ्चालन गर्न लागिएको श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, रुपन्देही व्यबस्थापन समितिका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो। प्रमुख वाचक पण्डित श्रीकृष्ण मुकुण्द शरण भुषालको संगितमय कथा प्रवचन महायज्ञबाट संकलित हुने दान द्रव्यले समाजमा फैलिएको बिकृति र विसंगति न्युनिकरणका लागि विविध सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने र काष्ठकलामा आधारित पित्तलको छाना सहितको भगवती माताको मन्दिर निर्माण समेत गरिने आयोजकले जनाएको छ। कञ्चनलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न बिभिन्न बिद्यापिठ तथा धामहरुसंगको सहकार्यमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुको अवलोकन भ्रमण गराई पारस्परिक कला संस्कृतिको आदान प्रदान समेत गर्न धर्मशाला निर्माण गरिने ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम कञ्चन ४, रुपन्देही सदस्य बुद्धिप्रसाद शर्माले जानकारी दिनुभयो।
कञ्चनको महायज्ञ स्थलबाट शुरु गरिएको र्याली गरगरे, दियो, भअस्नैया भैरमघाट, सरकारी बोरिङ्ग, हरैया, प्रतापपुर लोण्डिहवा, सांडी पचिशबगिया, मलावरदेवी, बर्गदवा थाकालीचोक हुदै पुनः गरगरे हुदै महायज्ञ स्थल पुगेर समापन गरिएको थियो। यसैगरी भोली महायज्ञ उदघाटनका दिन कलशयात्रा हुने आयोजक संस्थाका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभएको छ। बिहान १० बजे कलशयात्रा संगै त्रिनेत्र आध्यात्मिक केन्द्र काठमाण्डौका अनाम माताद्वारा महायज्ञको उद्घाटन हुने र दैनिक पुजा पाठपरायण, हवन तथा रुद्राभिषेक, संगितमय भक्ती गायन, आरती पुक्ष्पाञ्जली एवम प्रसाद वितरण र दैनिक लक्ष्यवर्ती प्रज्वलन साथै बैतवन्ध, तुलादान सहित यज्ञको पुर्णाहुती पश्चात फागुन ७ गते समापन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ।