पाल्पा//
रामपुर साहित्यिक प्रतिष्ठानको आयोजना तथा समाज सुधार आमा समूहको सहआयोजनामा वृहत साहित्यिक गोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। रचना वाचन कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष दोबराज तिवारीले साहित्यलेसमाज परिवर्तन सुचना प्रविधि स्थानको पहिचान मात्र नभई परमपरा सभ्यता रितिरिवाज परम्परा चालचलन जगेर्ना गर्ने साहित्यको रचना गर्नु पर्नेमा जोड दिनुभएको छ ।
कविता गजल मुक्तक गित रचना नृत्य प्रस्तुत भएको कार्यक्रममा स्याङ्जा तनहुँ पाल्पा जिल्लाका २२ जना सष्ट्राहरुले आ आफ्नो साहित्यिक रचना वाचन गर्नुभएको थियो। रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुक्तक मञ्चका उपाध्यक्ष समिर पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रम रामपुर नगरपालिका वडा नम्बर ७ किसानवारीमा भएको थियो।