spot_img
spot_img
spot_img

कञ्चनमा निःशुल्क बाथरोग तथा सुगर परिक्षण शिविर सम्पन्न

spot_img

कञ्चन//

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं १ र २ को सहकार्य तथा नेश्नल बाथरोग सेन्टर, बुटवलको आयोजनामा कञ्चन गाँउपालिका वडा नं २ गजेडीमा निःशुल्क बाथरोग तथा सुगर परिक्षण शिविर सम्पन्न भएको छ। शिविरमा जेष्ठ नागरिक, अपांगता भएका, असक्त, असाहाय, एकल महिला लगायत अन्य बिरामीहरु समेतगरी २ सय जनाले निःशुल्क बाथरोग तथा सुगर परिक्षण गराएका थिए। शिविरको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मौसमी थापा मगरले बुटवल र भैरहवा गएर सुविधा सम्पन्न अस्पतालमा आफ्नो रोग परिक्षण गराउन नसक्ने कञ्चनका जेष्ठ नागरिक, अपांगता भएका, असक्त, असाहय, एकल महिलाहरुका लागि गउाघरमै सेवा दिने उद्धेश्यका साथ स्थानीय तहको संयोजनमा शिविरको आयोजना गरिएको बताउनु भयो। सबैभन्दा ठूलो सम्पत्ती भनेको आफ्नो स्वास्थ्य नै भएकोले समय समयमा आफ्नो स्वास्थ्य परिक्षण गराउन सके बेलैमा रोगको पहिचान भई समयमै उपचार हुने बताउदै उपाध्यक्ष मगरले आगामी समयहरुमा अन्य रोगहरुको निःशुल्क परिक्षण गर्ने व्यवस्था गाउँपालिकाले गर्ने बताउनुभयो।

यस्तै वडा नं। १ का वडा अध्यक्ष हरिनारायण थारुले वडा नं। १ र २ को संयुक्त सहकार्यमा नेश्नल बाथरोग सेन्टर,बुटवलसंग समनवय गरी वडामै सुगर र बाथरोगको परिक्षण गर्ने व्यवस्था मिलाएको बताउनु भयो। समयमै रोगको पहिचान गरेर उपचार गर्न सकेमात्र स्वस्थ जिवन जिउन सहज हुने बताउदै वडा अध्यक्ष थारुले कञ्चनवासीको हरेक क्षेत्रमा सेवा गर्ने जिम्मेवारी यथासम्भव पुरा गर्दै जाने समेत प्रतिवद्धता जनाउनुभयो। कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले मानिसको धन नै स्वास्थ्य भएको उल्लेख गर्दै नियमित रुपमा आफ्नो स्वास्थ्य परिक्षण गर्दा स्वस्थकर तथा दिर्घ जिवन जिउन लागि सहज हुने बताउनु भयो। कञ्चनावसीहरुको स्वास्थ्य सेवाका लागि कञ्चनका ३ वटा वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्र र २ वटा वडामा स्वास्थ्य चौकी सदैव क्रियाशिल रहेको स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनुभयो।

वडा नं २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न शिविरमा नेश्नल बाथरोग सेन्टरका अभिनास पल्ली र राज पाण्डेले बाथरोग तथा सुगरका लक्षण र त्यसबाट बच्ने उपायहरुका बारेमा सेवाग्राहीहरुलाई सहजिकरण गर्नु भएको थियो। नेश्नल बाथ रोग सेन्टर बुटवलका अभिनास पल्लीले बाथरोग लागेको अवस्थामा हातका औलाहरु सुन्निने, बिहान उठ्ने वेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, गोली गाँठो दुख्ने, राती तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने तथा सुन्निने लागयत लक्षणहरु देखा पर्ने बताउनुभयो। गजेडी स्वास्थ्य चौकीका इञ्चार्ज गिताराम रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img