spot_img
spot_img
spot_img

भोलि देखि सुरु हुने देवदह महोत्सवको सम्पूर्ण तयारी पुरा,मेलाको उद्धघाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गर्ने

spot_img

सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७९ मूल आयोजकले सम्पूर्ण अन्तिम तयारी पुरा भएको जनाएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी मेला संचालनका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

देवदहलाई पर्यटकीय हवका रुपमा बिस्तार गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा समेत परिचित गराउन महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकालले जानकारी दिनुभयो । उहाँले देवदह बौद्धकालिन इतिहास बोकेको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र समेत रहेकाले त्यसको महत्व र आवश्यकता बारे परिचित गराउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ढकालले स्थानीय कृषकहरुलाई प्रोत्साहन गर्न,साना तथा घरेलु उद्योग स्थापना गर्न,स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धनमा समेत मेलाको आयोजनाले सहयोग पुग्ने बताउनुभयो ।

आयोजकले उद्धघाटन कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरु,देवदह लगायत छिमेकी पालिकाका प्रतिनिधिहरु, देवदहमा क्रियाशिल संघसंस्थाहरु,आमा समुह,वनउपभोक्ता समूह,टोल विकास संस्थाहरु,विद्यालय,क्याम्पस,देवदह व्यापार संघ,देवदह उद्योग वाणिज्य संघ लगायत सम्पूर्ण देवदहबासी लगायतका विभिन्न छिमेकी जिल्लाका समेत सहभागि हुने जनाएको छ ।
मेलामा मादक प्रदार्थ पूर्ण रुपमा निषेध गरिएको र स्टलमा राखिएको खाद्य वस्तुको दैनिक रुपमा निरिक्षण गरेर मात्र बिक्रि वितरण गर्ने व्यवस्था गरिएको मेला निरिक्षण उपसमितिका संयोजक प्रेम थापाले जानकारी दिनुभयो ।

त्यस्तै गरी मेलामा कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्धेश्यका साथ महोत्सव अवधिभर सुरक्षा व्यवस्थालाई कडा बनाईएको सुरक्षा व्यवस्था उपसमितिका संयोजक गणेश खातीले बताउनुभयो । उहाँले सुरक्षा व्यवस्था कडाइ गर्न आन्तरिक सुरक्षाकर्मी, प्रहरी प्रशासन र भूतपुर्व सैनिकहरु परिचालन गरिएको जानकारी दिनुभयो ।

त्यसै गरी महोत्सवमा बिक्री भएको टिकटको ५ प्रतिशत रकम देवदहको पर्यटकीय क्षेत्रको विस्तार र विकासका लागी संकलन गरिने आयोजकले जनाएको छ । महोत्सवमा पर्यटकीय गोष्ठी, कृषि गोष्ठीका साथै स्थानीय तथा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहनुका साथै राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता, विज्ञान प्रदर्शनी, देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनी संजोकले ढकालले जानकारी दिनुभयो।

मेला २६ गते बिहिवार ११ बजे लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्धघाटन गर्ने आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img