spot_img
spot_img
spot_img

बालिका बलात्कार गरेको आरोपमा देवदहमा एक शिक्षक पक्राउ

spot_img

देवदह ।
रुपन्देहीको देवदहमा विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङ रहेका छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको हो। विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको थियो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि फरार शिक्षकलाई बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img