अजय मिश्र, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफियामा मदरसा विद्यार्थी संगठनको आयोजनामा क्रिकेट, भलिबल, कबड्डी, दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले पुरस्कार प्रदान गर्नुभयो। पुरस्कार प्रदान गर्दै प्रमुख प्रशासकिय अधिकृत शर्माले खेलकुद प्रतियोगितालाई हारजितको रुपमा मात्र नहेरी एकता, सहकार्य र समन्वयको प्रतिकको रुपमा लिनु पर्ने बताउनु भयो। जसरी प्रतियोगितामा विपक्षी टिमलाई पराजित गर्नका लागि टिमभित्र एकता र समन्वय गरिन्छ त्यसरी समाज रुपान्तरणमा एक आपसमा सहकार्य र समन्वयको भावनाको बिकास गर्नु पर्नेमा प्रमुख प्रशासकिय अधिकृत शर्माले जोड दिनुभयो।
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले कार्यक्रममा खेलले विद्यार्थीमा सामुहिक भावनाको विकास गराउनुका साथै शारीरिक र मांसिक रूपमा पनि सबल र तन्दुरुस्ती बनाउने उल्लेख गर्नु भयो। विद्यालयको आन्तरिक तथा बाह्य प्रतिस्पर्धामाहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी बिधार्थीहरुलाई समेत सम्मान गरिएको कार्यक्रममा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खान, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, शैख अब्दुल रशीद मदनी, कमरूद्दिन रियाजी, शैख खुर्शीद सल्फी, मौलाना अब्दुल सकुर मदनी, अब्दुल रहिम, अब्दुल नूर, मौलाना असलम मदनी, असरफ खान लगायतको उपस्थित रहेको थियो।
जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका अध्यक्ष समिम अहमद नदवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना तथा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक जोगेंद्र केसीलाई सम्मान गरिएको मदरसाका अध्यापक डा. अब्दुल गनि अल्कूफीले जानकारी दिनुभयो।