काठमाण्डौ ।
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलमा नेपालले बङ्गलादेशसँग हार ब्योहोरेको छ। बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भएको हो। लिग चरणको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेता बन्न पुगेको छ। बङ्गलादेश भने अपराजित रहँदै विजेता बनेको हो ।
नेपाल लिग चरणको खेलमा पनि बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो। प्रतियोगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीको रूपमा फाइनलमा पुगेका हुन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??