spot_img
spot_img
spot_img

छपियामा ५ दिने माछाको अचार बनाउने तालिम सम्पन्न

spot_img

रवि राना, सियारी । 

रुपन्देहीको सियारीमा माछाको अचार बनाउने ५ दिने तालिमको समापन गरिएको छ। सियारी गाउापालिकाको आयोजना तथा उद्योग वाािणज्य तथा आपुर्ति मन्त्रालय, काठमाण्डौको सहयोगमा सञ्चालन गरिएको तालिमममा ३० जना प्रशिक्षार्थाीहरुको सहभागिता रहेको थियो। तालिमको समापन गर्दै सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारुले आफुले सिकेको सिपलाई व्यबसायिकतामा परिणत गर्न सकेमात्र तालिमबको सार्थकता हुने उल्लेख गर्नुभयो। तालिम लिएर मात्र जिविको पार्जन नहुने तर सिकेको सिपलाई ब्यबहारमा उतारेर व्यबसायिक बन्नु पर्ने उपाध्यक्ष थारुले बताउनुभयो।

सिप सिकेका प्रशिक्षार्थीहरुले व्यबसाय गर्न चाहेमा आर्थिक अवस्था कमजोर भए कार्ययोजनाको आधारमा पनि गाउँपालिकाले आवस्यकता अनुसारको सहयोग गर्ने उपाध्यक्ष थारुले प्रतिवद्धता जनाउनुभयो। यसैगरी वडा नं। ४ का वडा अध्यक्ष श्रीराम यादवले सिप नभएको कुनै व्यक्तिको जिवन अप्ठ्यारोमा पर्ने बताउनु भयो। सिप सिकेर आत्म निर्भरताको आधार तयार गर्नुपर्नेमा जोड दिदै सिकेको सिपको समेत सदुपयोग गर्ने व्यक्तिमात्र जिवनलाई सहजै अवतरण गराउनु सक्ने वडा अध्यक्ष यादवले बताउनुभयो।

छपिया फिस भिलेज रिसोर्ट, छपियामा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिकाका आर्थिक बिकास शाखाका अधिकृत तथा मडेपाका फोकल प्रसन गणेश प्रसाद खनाल, महिला बिकास शाखाका प्रमुख शान्ता पौडेल, वडा सचिव राजेन्द्र प्रसाद यादवको समेत उपस्थिति रहेको थियो। छपिया माछा अचार लघु उद्यम समूह, छपियाका अध्यक्ष बेलमाया थापाको अध्यक्षता तथा समूहका सह सचिव सनम खरेलको सहजिकरणमा सञ्चालित माछाको अचार बनाउने तालिम गत माघ २२ गते देखि शुरु भएको थियो। तालिममा छपिया फिस भिलेज रिसोर्टको प्राविधिक सहयोग रहेको तालिममा रिसोर्टका मुख्य सेफ कम पोख्रेलले अचार बनाउने तालिम प्रदान गर्नु भएको थियो। रिसोर्टका सञ्चालक गणेश गौतमको बिशेष सहजिकरण रहेको तालिममा प्रशिक्षार्थीहरुलाई माछाबाट बन्ने १२ किसिमको अचार बनाउने सिप सिकाईको वडासचिव राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img