बुटवल ।
बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले वेभ प्रोजेक्ट डेभलमेन्ट कम्पिटेशन कार्यक्रम गरेको छ । कम्पिटेशन कार्यक्रममा कक्षा ११ र १२ का विज्ञान संकायका करिब २० समूहका विद्यार्थी बीचमा प्रतिस्पर्धा गराइएको थियो । प्रविधिको विकास र प्रयोगले विश्वलाई एउटा सानो घरमा रूपान्तरण गरेको सन्दर्भमा प्रविधिको विकास र प्रयोग विना मानव जीवननै अर्थपूर्ण हुन नसक्ने हुदा विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना जागृत गरि नयाँ नयां वेभहरू निर्माण गर्ने काममा वेभ प्रोजेक्ट डेभलमेन्ट कम्पिटेशन कार्यक्रम फलदायी भएको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो ।
प्राध्यापक भरत केसीको अध्यक्षतामा भएको वेभ प्रोजेक्ट डेभलमेन्ट कम्पिटेशन कार्यक्रममा प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, दिवाकर रेग्मी, गोविन्द गौतम, विरू क्षेत्री, शुशिल खनाल, कमल न्यौपाने र शिवशंकर शुक्ला लगायतले विद्यार्थीको सुचना र प्रविधीको विकासमा दख्खल राख्न कार्यक्रम फलदायि भएको बताउनुभयो । वेभ प्रोजेक्ट डेभलमेन्ट कम्पिटेशन कार्यक्रममा उत्कृष्ट प्रर्दशन गरि कक्षा १२ मा अध्ययनरत अर्पनको समूह प्रथम, सविनको समूह द्वितिय र आशिषको समूह तृतिय भएको विद्यालयले जनाएको छ । कक्षा ११ तर्फ विकल्प खत्रीको समूह प्रथम, अङ्कितको समूह र रोजनको समूह द्वितिय र अनुपको समूह तृतिय भए । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई नगद, प्रमाणपत्र तथा मेडलले शैक्षिक नतिजा प्रकाशनको दिन फागुन ६ गते सम्मान गरिने प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा अवलोकन गर्नको लागि अभिभावक, विद्यार्थी प्राध्यापकहरुले सहभागिता जनाएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।