spot_img
spot_img
spot_img

देवदह नगरपालिकामा योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सुरु

spot_img

देवदह // रुपन्देहीको देवदह नगरपालिकामा योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ। शनिबार देवदह नगरपालिकाले दिगो विकासमा जोडदिदै स्थानीय तहको योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी देवदह नगरपालिकाको आयोजना र स्कोलर नेपाल प्रालिको प्राबिधिक सहयोग तथा सहजीकरणमा भएको हो।

कार्यशालामा प्राविधिक सहयोग प्रदान गरिरहेको संस्थाको तर्फबाटनगरपालिकाको समस्याको पहिचान, समाधानका उपाय र संभावनाको पहिचान र उपयोगका बारेमा जानकारी प्रदान गरिएको थियो। विकास निर्माणमा स्थानीय तहको सरकारको काम महत्वपूर्ण रहने भएकाले संभावना खोजेर योजना निर्माण गर्न आवश्यक रहेको बताईएको थियो। योजना निर्माण गर्दा प्राथमिकरण गरेर विकास निर्माणका योजना अगाडि सार्नुपर्नेमा जोड दिएका थिए। साथै विकास निर्माणको काम गर्नु भन्दा पहिला दीर्घकालिन सोच बनाउन आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा आबधिक योजनाका अवधी आगामी ५ बर्षमा संचालन गरिने कार्यक्रमको चयन तथा प्रथमिकिकरण र नगर गौरवका योजनाबारे समुहगत छलफल गराईएको थियो। कार्यक्रमको सहजीकरण प्राविधिक सहयोगी संस्थाका योजनाविध जगनाथ अधिकारी, योजनाविध केशव कुमार आचार्य, भौतिक योजना विध विशाल ज्ञवाली र समाज शास्त्री महेन्द्र खनालले सहजीकरण गर्नु भएको थियो।

देवदह नगरपालिका नगर प्रमुख ध्रुब प्रसाद खरेलको अध्यक्षतामा भएको आवधिक योजना कार्यशाला गोष्ठीमा नगर–उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडा अध्यक्ष ,कार्यपालिका सदस्य, स्कोलर नेपाल प्रालिको संयोजक नरेन्द्र विक्रम केसी, नेपाल सरकारका पुर्व सह सचिब वसन्त गौतम तथा देवदह नगरपालिकाको विभिन्न शाखा प्रमुखको उपस्थिति रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img