spot_img
spot_img
spot_img

लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री केसीद्वारा राजीनामा

spot_img

 दाङ ।

लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएको छ। पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बन्नुभएकी केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेकोमा पार्टीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि राजीनामा दिनुभएको हो ।

राजीनामा बुझाउनु भएकी विना विभागीय मन्त्री कृष्णा केसीले आफूले राजिनामा पत्र मुख्यमन्त्री कार्यालयमा बुझाएको र सबै कुरा त्यसमै उल्लेख गरेको बताउनुभयो । लुम्बिनी प्रदेशमा भोलि मन्त्रिपरिषद् विस्तार हुँदैछ। माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा बुझाएको बारेमा आफूलाई केहीे जानकारी नभएको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img